मिसिसागा क्यानडा नेपाल लायन्स क्लबद्वारा एनआरएनए क्यानडाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान, ओरेण्टेसेन कार्यक्रम तथा समिति गठन
टोरण्टो । मिसिसागा क्यानडा नेपाल लायन्स क्लबद्वारा एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई आज मिसिसागामा आयोजित कार्यक्रममा सम्मान तथा क्लबको समिति गठनलाई पुर्णता दिईएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको हालै सम्पन्न अधिवेशनबाट मिसिसागा क्यानडा नेपाल लायन्स क्लबका चार्टर मेम्बरहरु पदाधिकारीमा तथा बोर्ड अफ डाईरेक्टरमा निर्वाचित हुनुभएको थियो । सो कार्यक्रममा एनआरएनएको निर्वाचनमा निर्वाचित क्लबका चार्टर मेम्बरहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा एनआरएनए क्यानड...









