Canada Nepal News

एनआरएनए

क्यानडा- नेपाल कूटनीतिक सम्बन्धको ६१ औँ वार्षिक दिवसका अवसरमा छलफल तथा गोष्ठी सम्पन्न

क्यानडा- नेपाल कूटनीतिक सम्बन्धको ६१ औँ वार्षिक दिवसका अवसरमा छलफल तथा गोष्ठी सम्पन्न
टोरण्टो। क्यानडा र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६१ औँ वार्षिक दिवसका अवसरमा आज आइतबार क्यानडास्थित ब्राम्टनमा छलफल तथा गोष्ठी सम्पन्न गरिएको छ । क्यानडा र नेपाल दुई देशबीचको कुतनीतिक सम्बन्धका बारेमा चर्चा गर्न “कन्सर्न नेपाल क्यानडा”ले कार्यक्रमको आयोजना गरेको हो । संस्थाको तर्फबाट कार्यक्रमको संयोजन गोविन्द शिवाकोटीले गर्नुभएको थियो । वार्षिक दिवसका अवसरमा आयोजक संस्थाका फाउण्डर अञ्जनीराज भट्टराई र शेरडियन कलेजका प्रोफेसर तथा अर्थशास्त्री ईशान पौडेलले दुई देशबीच...

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशन (मार्च १४- १६) काठमाडौँमा गर्ने निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशन (मार्च १४- १६) काठमाडौँमा गर्ने निर्णय
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले १२ औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ। शुक्रबार बसेको कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना गर्ने अन्तिम निर्णय गरेको हो। महासचिव गौरीराज जोशीद्वारा सञ्चालित बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले १२ औँ महाधिवेशन काठमाडौँस्थित होटल...

एनआरएनए क्यानाडा लगायत बिभिन्न संघसस्थाको समन्वयमा ५७ परिवारलाई खाद्यान्न सहयोग

एनआरएनए क्यानाडा लगायत बिभिन्न संघसस्थाको समन्वयमा ५७ परिवारलाई खाद्यान्न सहयोग
टोरण्टो । टोरण्टोमा  एनआरएन, क्यानाडाको नेतृत्वमा विभिन्न नेपाली सङ्घसंस्थाहरूको सहकार्यमा आयोजित ‘जोइ अफ गिभिङ’ खाद्यान्न वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विद्यार्थी, नवआगन्तुक तथा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका परिवारलाई राहत प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रमबाट कूल ५७ जनाले प्रत्यक्ष लाभ लिएका छन्। यसमध्ये ३३ जना अग्रिम रूपमा दर्ता भएका थिए भने २४ जना दर्ता नगरी वितरण स्थलमै उपस्थित भएपछि समेटिएका थिए।...

हङकङमा नेपाली समुदायको बित्तीय संस्था ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना

हङकङमा नेपाली समुदायको बित्तीय संस्था ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना
हङकङ । हङकङमा नेपाली समुदायको बित्तीय संस्था  ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना भएको छ ।  नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ भव्य समारोहका बीच सम्पन्न भएको छ। चिम सा शुईस्थित YMCA Tower को विशेष हलमा आयोजित कार्यक्रममा नबिल बैंक लिमिटेड नेपालका सीइओ मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा पछिल्ला वर्षहरूमा थुप्रै वित्तीय संस्थाहरू धरासयी भएको उदाहरण प्रस्तुत ...

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी 

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी 
शिशिर सिखडा, टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन । आज भएको निर्वाचन (बर्ष २५-२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो। अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८सय ४८ मत, बिद्या भूषण कार्कीले ११सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए । एनआरएनए क्यानडामा ६ हजार १५  जना मतदाता रहेकोमा ५ हजार १ सय  ७९ जनाले मतदानमा सहभागी भएका थिए । ...

एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदै, अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा

एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदै, अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा
टोरण्टो । एनआरएनए क्यानडाको (बर्ष २५-२७) निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदैछ । आइतबार हुने निर्वाचनमा अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदमा जगन (जगन्नाथ) सापकोटा, चन्दा (चन्द्रा) अधिकारी, किरोज श्रेष्ठ, बिद्या भूषण कार्की र सुरज अधिकारीको उम्मेदवारी रहेको छ । उपाध्यक्ष (केन्द्रीय) मा सुशान्त रावत, प्रतीक भन्डारी र आशिर्वाद सुवेदी त्यस्तै उपाध्यक्ष (एट्लान्टिक)मा दीपक बुढाथोकी र हरी बराकोटी तथा उपाध्यक्ष (पश्चिम्) मा दीपेन्द्र पाण्डे र बिशा...

“झोलाको कार्यालय विस्थापन गरेर एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने योजना”- जगन सापकोटा, (अध्यक्ष उम्मेदवार) एनआरएनए क्यानडा 

“झोलाको कार्यालय विस्थापन गरेर एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने योजना”- जगन सापकोटा, (अध्यक्ष उम्मेदवार) एनआरएनए क्यानडा 
टोरण्टो । काठमाडौंमा पत्रकारिता गर्दागर्दै क्यानडा आईपुगेका जगन सापकोटा करिब ११ वर्षदेखी क्यानडामा संघर्ष गरिरहेका छन् । २०१४ मा उनी क्यानडामा ल्यान्ड भएका थिए । क्यानडा आएको लामो समयपछि उनले नेपालबाट आएर यहाँ बस्ने नेपालीको नेतृत्व गर्ने ‘अठोट’ लिएर अघि बढेका छन् । बाग्लुङमा जन्मे हुर्केका सापकोटा आसन्न एनआरएनए क्यानडाको अध्यक्षको उम्मेद्वार हुन् । ब्राम्टन सिटी र आसपासलाई आफ्नो ‘जक्सन’ बनाएका सापकोटा क्यानडामा रेष्टुरेन्ट ब्यबसायी, रियल स्टेट सेल्सपर्सन, इन्भेष्टर र फाइ...

“युवामैत्री र पारदर्शी नेतृत्व मेरो प्रतिबद्धता”- रमेश भट्टराई, महासचिव (उम्मेदवार) एनआरएनए क्यानडा

“युवामैत्री र पारदर्शी नेतृत्व मेरो प्रतिबद्धता”- रमेश भट्टराई, महासचिव (उम्मेदवार) एनआरएनए क्यानडा
टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘कनेक्ट एण्ड मोर्टन एनआरएनए’ अभियानमार्फत नयाँ पुस्ता, पारदर्शिता र डिजिटल युगसँग समन्वय गर्ने खालको एजेन्डा अघि सार्दै उम्मेदवारी दिनु भएको हो । नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका भट्टराई हाल ब्राम्पटन, टोरन्टो...

“युवाको भविष्य, समाजको सेवा र खेलकुदको माध्यमबाट नेपालीबीच एकता निर्माण”- सुशान्त राउत, केन्द्रीय उपाध्यक्ष (उम्मेदवार) एनआरएनए क्यानडा

“युवाको भविष्य, समाजको सेवा र खेलकुदको माध्यमबाट नेपालीबीच एकता निर्माण”- सुशान्त राउत, केन्द्रीय उपाध्यक्ष (उम्मेदवार) एनआरएनए क्यानडा
सुशान्त राउत केन्द्रीय उपाध्यक्ष (उम्मेदवार) एनआरएनए क्यानडा मेरो उम्मेदवारी किन ? टोरण्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि म ब्राम्पटन निवासी युवा समाजसेवी सुशान्त रावतले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । नेपाल बसाईको लामो समय नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई समाजसेवामा जोडिएको थिँए । सन २०१८ मा क्यानडामा आएपछि पनि आफ्नो कामको अतिरिक्त निरन्तर समाजसेवा उत्तिकै सक्रिय रहदै आएको छु । मैले मेरो आफ्नो केन्द्रीय...

एनआरएनएले भन्यो: मे ३-५ काठमाडौंमा हुने भनिएको महाधिवेशनमा हाम्रो संलग्नता छैन

एनआरएनएले भन्यो: मे ३-५ काठमाडौंमा हुने भनिएको महाधिवेशनमा हाम्रो संलग्नता छैन
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए)ले मे ३ देखि ५ सम्म हुने भनेको एकता महाधिवेशनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। एनआरएनएले शुक्रबार जुममार्फत गरेको पत्रकार सम्मेलनपछि प्रवक्ता फणिन्द्र पन्तले प्रेस विज्ञप्ति जारी गर्दै ‘एकता महाधिवेशन’ को नाममा मे ३–५ मा काठमाडौंमा आयोजना गर्न लागेको भनिएको गतिविधिहरूमा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको संलग्नता नरहेको जानकारी गराएका छन्। शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले शनिबारदेखि सोमबारसम्म एकताको...