×

एनआरएनए

कतारबाट घर फर्कन चाहनेले आवेदन दिन नेपाली दूताबासको आग्रह

कतारबाट घर फर्कन चाहनेले आवेदन दिन नेपाली दूताबासको आग्रह
काठमाडौं । कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिनका लागि ‘अपोइमेन्ट बुक’ गर्न दूताबासले आग्रह गरेको छ...

काठमाडौंमा सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन

काठमाडौंमा सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ। काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन्। अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि महत्त्वपूर्ण रहेको बताए। यसले औद्योगिक ...

क्यानडाको स्कारर्ब्रोमा “अब कि बार गगन सरकार” शुभेच्छुक तथा समर्थक भेला भब्य रुपमा सम्पन्न 

क्यानडाको स्कारर्ब्रोमा “अब कि बार गगन सरकार” शुभेच्छुक तथा समर्थक भेला भब्य रुपमा सम्पन्न 
टोरण्टो । क्यानडाको स्कारर्ब्रोमा "अब कि बार गगन सरकार" शुभेच्छुक तथा समर्थक भेला आइतबार भब्य रुपमा सम्पन्न भएको छ । सो भेला अधिवक्ता केशव दाहालको संयोजकत्वमा भएको थियो। भेलामा नेपाली काङ्ग्रेसका समर्थक तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । सो भेलामा नेपाली काङ्ग्रेसका सभापति तथा आगामी निर्वाचन पछीका नेपाली काङ्ग्रेस तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार गगन थापाले जुम मार्फत  सम्बोधन गरेका थिए । सभापति थापाले नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पछि एक ढिक्का भएको भन्दै ...

एनआरएनए क्यानडाको आयोजना तथा विभिन्न सामाजिक संघ-संस्थाहरूको सहयोगमा नेपाली विद्यार्थीहरुका लागी फुड ड्राइभ कार्यक्रम सम्पन्न 

एनआरएनए क्यानडाको आयोजना तथा विभिन्न सामाजिक संघ-संस्थाहरूको सहयोगमा नेपाली विद्यार्थीहरुका लागी फुड ड्राइभ कार्यक्रम सम्पन्न 
टोरण्टो । गैर-आवासीय नेपाली संघ (NRNA) क्यानडाद्वारा आयोजित तथा विभिन्न सामाजिक संघ-संस्थाहरूको सहयोग एवं सहकार्यमा सञ्चालन गरिएको ‘Delight of Sharing Together’ भव्यरूपमा सम्पन्न भएको छ । फुड ड्राइभ कार्यक्रममा ६० जना व्यक्ति लाभान्वित हुनुभएको छ। सो कार्यक्रम एभरेस्ट तेक्वान्दो ब्राम्पटनमा आयोजना गरिएको थियो। जीटीए भित्रका २८ संघ-संस्था तथा व्यक्तित्वहरूले कार्यक्रममा स्पोन्सरमार्फत सहयोग गर्नुभएको जानकारी कार्यक्रम संयोजक प्रजापति सापकोटाले कार्यक्रममा जनाउनुभयो । ...

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कको २६ देशमा च्याप्टर गठन: नेपाली युवालाई विश्वव्यापी प्रभाव सिर्जना गर्न शेष घलेले गरे आह्वान

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कको २६ देशमा च्याप्टर गठन: नेपाली युवालाई विश्वव्यापी प्रभाव सिर्जना गर्न शेष घलेले गरे आह्वान
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष डा शेष घलेले संसार भरि रहेका नेपाली युवालाई केवल व्यवसाय सुरु गर्ने होइन, प्रभाव सिर्जना गर्ने दिशामा अघि बढ्न आह्वान गरेका छन्। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कद्वारा शनिबार भर्चुएल माध्यमद्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै डा घलेले उद्यमशीलता एक पेशा मात्र भए पनि उद्यमी स्वभाव जिम्मेवारी भएको उल्लेख गर्दै अहिलेको पुस्तालाई व्यक्तिगत सफलताभन्दा सामूहिक उन्नतितर्फ केन्द्...

क्यानडा- नेपाल कूटनीतिक सम्बन्धको ६१ औँ वार्षिक दिवसका अवसरमा छलफल तथा गोष्ठी सम्पन्न

क्यानडा- नेपाल कूटनीतिक सम्बन्धको ६१ औँ वार्षिक दिवसका अवसरमा छलफल तथा गोष्ठी सम्पन्न
टोरण्टो। क्यानडा र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६१ औँ वार्षिक दिवसका अवसरमा आज आइतबार क्यानडास्थित ब्राम्टनमा छलफल तथा गोष्ठी सम्पन्न गरिएको छ । क्यानडा र नेपाल दुई देशबीचको कुतनीतिक सम्बन्धका बारेमा चर्चा गर्न “कन्सर्न नेपाल क्यानडा”ले कार्यक्रमको आयोजना गरेको हो । संस्थाको तर्फबाट कार्यक्रमको संयोजन गोविन्द शिवाकोटीले गर्नुभएको थियो । वार्षिक दिवसका अवसरमा आयोजक संस्थाका फाउण्डर अञ्जनीराज भट्टराई र शेरडियन कलेजका प्रोफेसर तथा अर्थशास्त्री ईशान पौडेलले दुई देशबीच...

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशन (मार्च १४- १६) काठमाडौँमा गर्ने निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशन (मार्च १४- १६) काठमाडौँमा गर्ने निर्णय
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले १२ औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ। शुक्रबार बसेको कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना गर्ने अन्तिम निर्णय गरेको हो। महासचिव गौरीराज जोशीद्वारा सञ्चालित बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले १२ औँ महाधिवेशन काठमाडौँस्थित होटल...

एनआरएनए क्यानाडा लगायत बिभिन्न संघसस्थाको समन्वयमा ५७ परिवारलाई खाद्यान्न सहयोग

एनआरएनए क्यानाडा लगायत बिभिन्न संघसस्थाको समन्वयमा ५७ परिवारलाई खाद्यान्न सहयोग
टोरण्टो । टोरण्टोमा  एनआरएन, क्यानाडाको नेतृत्वमा विभिन्न नेपाली सङ्घसंस्थाहरूको सहकार्यमा आयोजित ‘जोइ अफ गिभिङ’ खाद्यान्न वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विद्यार्थी, नवआगन्तुक तथा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका परिवारलाई राहत प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रमबाट कूल ५७ जनाले प्रत्यक्ष लाभ लिएका छन्। यसमध्ये ३३ जना अग्रिम रूपमा दर्ता भएका थिए भने २४ जना दर्ता नगरी वितरण स्थलमै उपस्थित भएपछि समेटिएका थिए।...

हङकङमा नेपाली समुदायको बित्तीय संस्था ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना

हङकङमा नेपाली समुदायको बित्तीय संस्था ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना
हङकङ । हङकङमा नेपाली समुदायको बित्तीय संस्था  ‘गोरखा फाइनान्स लिमिटेड’ स्थापना भएको छ ।  नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ भव्य समारोहका बीच सम्पन्न भएको छ। चिम सा शुईस्थित YMCA Tower को विशेष हलमा आयोजित कार्यक्रममा नबिल बैंक लिमिटेड नेपालका सीइओ मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा पछिल्ला वर्षहरूमा थुप्रै वित्तीय संस्थाहरू धरासयी भएको उदाहरण प्रस्तुत ...

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी 

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी 
शिशिर सिखडा, टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन । आज भएको निर्वाचन (बर्ष २५-२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो। अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८सय ४८ मत, बिद्या भूषण कार्कीले ११सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए । एनआरएनए क्यानडामा ६ हजार १५  जना मतदाता रहेकोमा ५ हजार १ सय  ७९ जनाले मतदानमा सहभागी भएका थिए । ...