×

एनआरएनए

नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ जापानबाट २३ लाख हस्तान्तरण

नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ जापानबाट २३ लाख हस्तान्तरण
जापान । गैरआवासीय नेपाली संघ जापानले भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ। गतवर्ष जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाकालाई 'भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष' का लागि संकलित सो रकम शनिबार जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो। एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका ...

क्यानडामा नेपाली क्रीकेट टीमका कप्तान तथा खेलाडी रोहित पौडेल र दिपेन्द्रसिंं ऐरीलाई सम्मान 

क्यानडामा नेपाली क्रीकेट टीमका कप्तान तथा खेलाडी रोहित पौडेल र दिपेन्द्रसिंं ऐरीलाई सम्मान 
टोरण्टो । नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेल र अर्का खेलाडी दिपेन्द्रसिंं ऐरीलाई क्यानडामा रहेका नेपाली समुदायद्वारा सम्मान गरिएको छ । गैर आवसिय नेपाली संघ (एनआरएनए) क्यानडा, नेप्लिज क्यानेडियन क्रीकेट क्लब र नेप्लीज लन्डन क्रीकेट क्लबले संयुक्त रूपमा आज बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टीमका कप्तान पौडेल र खेलाडी ऐरीलाई खादा, माला, नेपाली ढाका टोपी र सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रममा भारतीय मुलका अमेरिकी खे...

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प
मिल्वाकी । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताएका छन । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भने, “म आज राती यहाँ हुने थिइनँ।” ट्रम्पले घटनाको स्मरण गर्दै भने, “मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरें। मैले तत्काल आफ्नो कानमा हात लगे जुन रगतले ढाकिएक...

दुबईमा भएको सडक दुर्घटनामा मोरङकी अनिताको मृत्यु

दुबईमा भएको सडक दुर्घटनामा मोरङकी अनिताको मृत्यु
दुबई । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी अनिता पाख्रिनको ज्यान गएको हो। मोरङ पथरीकी २८ वर्षीय अनिता ३ वर्ष पहिले युएई आएकी हुन् । साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्करले घटनास्थलमै ज्यान गएको क...

‘सीप सिकेर अमेरिका जानेले चाँडै काम पाउँछ’

‘सीप सिकेर अमेरिका जानेले चाँडै काम पाउँछ’
काठमाडौँ । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासले त्यहाँ रहेका नेपालीलाई एकापसमा जोड्ने, नेपाली भाषा, संस्कृतिको संरक्षण एवम् अमेरिका आउने युवालाई ‘जब सेटलमेन्ट’को भूमिका खेल्दै आएको छ । समाजका महासचिव विजय भुसालका अनुसार टेक्सासमा रहेका करिब एक लाख नेपालीलाई आइपर्ने तत्कालको समस्या समाधानमा समाजले नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको छ । त्यहाँ जन्मने बच्चाको न्वारनदेखि कालगतिले त्यहाँ निधन हुने नेपालीको हिन्दु संस्कृतिअनुसार अन्त्येष्टि गर्ने काममा समेत समाजले स...

‘नेपालसँगको सहयात्रा सफल र फलदायी’- अमेरिकी सहयोग नियोग

‘नेपालसँगको सहयात्रा सफल र फलदायी’- अमेरिकी सहयोग नियोग
काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(युएसएड)ले नेपाल सरकारको प्राथमिकताका आधारमा नेपाललाई प्रत्यक्ष सहयोग पुर्‍याउँदै आएको प्रष्ट पारेको छ । नेपालको विदेशी लगानीको भरपरर्दो दाताका रुपमा विगत ६६ वर्षदेखि नेपालसँगको साझेदारी युएसएडको रही आएको छ । द्विपक्षीय विकास साझेदारीको पाँच उच्च सहकार्य गर्ने देशमध्ये अमेरिका पहिलो स्थानमा रहेको छ । त्यसले पनि नियोगको भूमिका नेपालमा बलियो बनाएको छ । नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धको साझेदारीको ७७ वर्ष पुगेको अवसर...

एक वर्षमा रोजगारीका लागि विदेसिनेको सङ्ख्या सात लाखभन्दा बढी

एक वर्षमा रोजगारीका लागि विदेसिनेको सङ्ख्या सात लाखभन्दा बढी
काठमाडौँ । गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका हुुन् । आव २०७९-८० मा सात लाख ७१ हजार ३२८ वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा आव २०८०-८१ मा केही कमी आएको छ । आव २०७९-८० कोभन्दा आव २०८०-८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७३१ हजारले कमी हो । वैदेशिक रोजगारीका लागि गत...

जर्मनीमा नेपाली भाषा, साहित्य समारोह

जर्मनीमा नेपाली भाषा, साहित्य समारोह
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीसँग आबद्ध साहित्यकारहरूले नेपाली भाषा साहित्य समारोह आयोजना गरेका छन् । ओझेलमा परेका भाषा र संस्कृतिको विकास, प्रवर्धन गर्न कार्यक्रमको आयोजना गरिएको गैर आवासीय नेपाली सङ्घ जर्मनका अध्यक्ष निम्मा राईले जानकारी दिनुभयो । अनेसास जर्मनी च्याप्टरले जर्मनीको बाइरुथमा आयोजना गरेको वृहत साहित्य समारोहमा बोल्ने अधिकांश वक्ताहरूले नेपाली भाषा झैँ मैथिली, भोजपुरी, नेवारी लगायतका अन्य भाषा, भाषी र तिनका संस्कृतिको संवर्द्ध...

इजरायल जाने आवेदनका लागि समय थप

इजरायल जाने आवेदनका लागि समय थप
काठमाडौँ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजान आवेदन दिने समय थप गरिएको छ । वैदेशिक रोजगार विभागले वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरमा लैजाने गरी गएको असार ११ देखि आवेदन आह्वान गरेकोमा साउन ११ सम्म थप गरेको हो । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । विभागका महानिर्देशक डण...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा वाग्ले

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा वाग्ले
नर्थ क्यारोलिना । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा सर्वज्ञ वाग्ले (क्यालिफोर्निया) निर्वाचित हुनुभएको छ । अनेसासको निर्वाचन समितिले अमेरिकी समय अनुसार बुधवार दिउँसो निर्वाचनको घोषणा गरेको हो । वाग्लेले ८५९ मत पाउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी विमला निरौलाले ५९५ मत ल्याउनुभएको थियो । निर्वाचन समितिले दिएको जानकारी अनुसार अनेसासको वरिष्ठ उपाध्यक्षमा कवि लालगोपाल सुवेदी निर्वाचित हुनुभएको छ भने अमेरिकी क्षेत्रको उपाध्यक्षमा अर्का कवि सुदीपभद...