प्रिय जेनजी, व्यवसायीमाथि लुटपाट र आगजनी गरेपछि कसले गर्छ लगानी, कसले दिन्छ रोजगारी ?
काठमाडौं । जेनजी (१३ देखि २८ वर्ष) उमेर समूहका युवाहरुको आह्वानमा भएको सामाजिक सञ्जाल निषेध गर्ने, भ्रष्टाचार र कुशासनविरुद्व भदौ २३ गते भएको आन्दोलनमा राज्यले बर्बर दमन गर्यो । राज्यको दमनपछि आक्रोशित भएको भीडले भदौ २४ गते बिहानैदेखि देशैभर तोडफोड र आगजनी गर्यो ।
मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको सरकारी निवास, प्रधानमन्त्रीको निजी निवास, पूर्वप्रधानमन्त्री निवास, अन्य नेत...









