विवाहपञ्चमी महोत्सव: अयोध्याबाट आएका साधुसन्तसहित जन्ती जनकपुरका लागि प्रस्थान
जनकपुधाम । विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट आएका साधुसन्तसहित जन्ती जनकपुरका लागि प्रस्थान गरेको छ ।त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा मार्ग शुक्लपञ्चमीका दिन जनकपुरमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट लावालस्करसहित जन्ती आएका हुन् ।मिथिलामा सात दिनसम्म मनाइने विवाह पञ्चमीको सांस्कृतिक महोत्सवमा भाग लिन अयोध्याबाट साधुसन्तसहित जन्ती आएका छन्।महोत्सवमा मिथिला संस्कृतिअनुसार विवाह मण्डपको व...