
टोरण्टो । गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा जनवरी १,२०२५ का दिन नेपाली राष्ट्रिय टोपी दिवश कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ।
क्यानडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिका बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल रहनु भएको थियो । सो अबसरमा अधिकांश वक्ताहरुले नेपाली टोपीको इतिहास र यसको सांस्कृतिक महत्वबारे प्रस्टाउनु भएको थियो।
प्रमुख अतिथी राजदुत भरतराज पौडेल, बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, एनआरएनए आईसीसी सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत, गैर आवासीय नेपाली संघ क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतम, एनआरएनए क्यानडा विषय विज्ञद्वय डा. गोविन्द सिंह रावत र डा. पुर्ण कडेल, लन्डन नेपाली कम्युनिटीका सदस्य समाजसेवी ज्योति वैध लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो।
एनआरएनए क्यानडाका चेयरपर्सन प्रज्वल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष किरोज श्रेष्ठले गर्नुभएको थियोे भने कार्यक्रमको उदेश्य र यसको महत्वको बारेमा गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले प्रकाश पार्नु भएको थियो ।
विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनए क्यानडाका पुर्व तथा वर्तमान पदाधिकारी एवम् वोर्ड सदस्यहरु, वुद्दिजिवीहरु लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन गैर आवासीय नेपाली संघ क्यानडाकी महासचिव चन्दा अधिकारीले गर्नु भएको थियो।
करिव दुई घन्टा चलेको उक्त कार्यक्रम सबैलाई सहज उपस्थिति होस भन्ने उध्येश्यले जुम मार्फत गरिएको थियो।
…………
क्यानडा सरकारको संघीय आर्थिक बिकाश मन्त्री सहोताद्वारा नेपाली राष्ट्रिय टोपी दिवस तथा नयाँ बर्ष-२०२५ नेपाली समुदायसंग मनाउन पाँउदा खुशी व्यक्त
………..
सोही दिन क्यानडाका विभिन्न शहरहरुमा पनि गैर आवासीय नेपाली संघ क्यानडा र क्यानडामा स्थित विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा नेपाली राष्ट्रिय टोपी दिवस सफलतापूर्वक मनाईएको गैर आवासीय नेपाली संघ क्यानडाका प्रबक्ता सुशील भुसालले क्यानडा नेपाल न्युजलाई जानकारी दिनुभयो ।