Canada Nepal News

टीभी

खेतमा रोपाइँ गर्न स्याकुमा सजिएका रोपार

खेतमा रोपाइँ गर्न स्याकुमा सजिएका रोपार
दैलेख । यतिबेला किसानलाई असारको चटारो छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० खागितडा स्थित पिपलगैरा खेतमा रोपाइँ गर्न किसान व्यस्त छन् ।असारको झरीबाट ओत लगाउनको लागि रोपारले ओडेको बर्सातीलाई स्याकु भन्ने गरिन्छ । पहिले पहिले मालु, बाटुलपाते लगायत वृक्षको पातलाई स्याकु भित्र प्रयोग गरिन्थ्यो भने हिजो आज रङ्गीबिरङ्गी प्लास्टिकको प्रयोग गर्न थालिएको छ।मालुको पात प्रयोग गर्दा केही भारी हुने भए पनि शीतल हुने गर्दथ्यो । प्लास्टिकको प्रयोगले केही हलुको हुन्छ तर अलिक गर्मी...

इजिप्टको पर्यटन राजश्व पहिलो ६ महनिामा ६.६ बिलियन अमेरिकी डलरमा पुग्यो

इजिप्टको पर्यटन राजश्व पहिलो ६ महनिामा ६.६ बिलियन अमेरिकी डलरमा पुग्यो
काठमाडौं : इजिप्टले यस वर्षको पहिलो ६ महिनामा पर्यटन राजस्व ६.६ बिलियन अमेरिकी डलर पुगेको बताएको छ । २०२३ को सोही अवधिमा ६.३ बिलियन डलर थियो । इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले २०२४ को पहिलो ६ महिनामा पर्यटक आगमनको संख्या ७.०६९ मिलियन रहेको बताएको छ । गत वर्षको सोही अवधिमा ६७.६ मिलियनको कीर्तिमानलाई नाघ्दै जनवरीदेखि जुनसम्ममा पर्यटकीय रात्रिको संख्या ७ करोड २ लाख पुगेको छ । पर्यटन वृद्धि गर्न राष्ट्रिय रणनीतिको एक भागको रूपमा, इजिप्टले २०२८ सम्ममा ३० मिलियन पर्यटकहरू ...

चिनियाँ भाषाको तालिम लिँदै नेपालका पर्यटन व्यवसायीहरू

चिनियाँ भाषाको तालिम लिँदै नेपालका पर्यटन व्यवसायीहरू
काठमाडौं : नेपालमा पर्यटन व्यवसायीहरुले चिनियाँ भाषाको तालिम लिएका छन् । गत मंगलबरदेखि नेपाली पर्यटन व्यवसायीहरुले छैटौं चिनियाँ भाषा तालिम लिन शुरु गरुेका हुन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा तालिम सत्र आयोजना गर्दै आएको नेपाल चाइना कल्चरल एण्ड एजुकेशन काउन्सिलका अध्यक्ष हरिशचन्द्र शाहले ६ महिना लामो कार्यक्रममा ६० जना नेपालीले चिनियाँ भाषाको तालिम लिने जानकारी दिनुभयो । विगतका पाँच तालिममा दुई सय नेपाली पर्यटन व्यवसायीलाई तालिम दिइएको छ ।नेपालको विकासका लागि चीन ‘बल...

बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल

बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
काठमाडौं : चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । जङ्गल सफारीका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा यही असार १६ देखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएको छ । निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि रोकिएको छैन । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो,“निकुञ्जमा जिप सफारी बन्द हो, अन्य गतिविधि बन्द होइन । त...

निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित

निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित
काठमाडौं : बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको...

जमैकामा बेरिल नामको शक्तिशाली आँधी

जमैकामा बेरिल नामको शक्तिशाली आँधी
काठमाडौं : बेरिल नामको शक्तिशाली आँधी ठूलो गर्जनसहित जमैकाको क्यारेबियन टापु तर्फ सरिरहेको छ । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टर (एनएचसी ) ले चेतावनी दिएको छ ।यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ ।...