Canada Nepal News

काठमाडौं : नेपालमा पर्यटन व्यवसायीहरुले चिनियाँ भाषाको तालिम लिएका छन् । गत मंगलबरदेखि नेपाली पर्यटन व्यवसायीहरुले छैटौं चिनियाँ भाषा तालिम लिन शुरु गरुेका हुन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा तालिम सत्र आयोजना गर्दै आएको नेपाल चाइना कल्चरल एण्ड एजुकेशन काउन्सिलका अध्यक्ष हरिशचन्द्र शाहले ६ महिना लामो कार्यक्रममा ६० जना नेपालीले चिनियाँ भाषाको तालिम लिने जानकारी दिनुभयो । विगतका पाँच तालिममा दुई सय नेपाली पर्यटन व्यवसायीलाई तालिम दिइएको छ ।

नेपालको विकासका लागि चीन ‘बलियो साझेदार’ मात्र नभइ पर्यटन उद्योगको बजार पनि भएको’ नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भने बताउनु भयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मेरो मन्त्रालयले चीनबाट लाखौं पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य राखेको छ । हामीलाई ती पर्यटकहरूलाई पूरा गर्न चिनियाँ भाषा बोल्नसक्ने हजारौं गाइडहरू चाहिन्छ ।’

कुनैपनि देशको भाषा सिकेर दुई देशबीचको जनता–जनताबीचको सम्बन्ध बिस्तार गर्न मद्दत पुग्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐयरले तालिमलाई देशका अन्य भागमा पनि विस्तार गर्न साझेदारी बिस्तार गर्न आफू तयार रहेको बताउनुभयो । नेपालका लागि चिनियाँ राजदुत चेन सोङले चिनियाँ भाषा भाषा मात्र नभई प्राचीन सभ्यता र संस्कृति र भविष्यको प्राविधिक विकासको दिशाको प्रमुख साधन भएको बताउनुभयो । चेनले प्रशिक्षार्थीहरूलाई उनीहरूको लागि राम्रो संसार खोल्न सिक्ने प्रक्रियाको आनन्द लिन प्रोत्साहित गर्नुभयो ।