
टोरण्टो । नेपाली जनसम्पर्क समिति क्यानडाको कानुनी सल्लाहकारमा अधिवक्ता केशवप्रसाद दाहाललाई नियुक्त गरिएको छ । समितिका सभापति उदय दुराले एक बिज्ञप्ति जारी गरि अधिवक्ता दाहाललाई सस्थाको बैठक निर्णय अनुसार आइतबार कानुनी सल्लाहकारमा नियुक्त गरिएको जनाएका छन् ।
नेपाली जनसम्पर्क समिति क्यानडाको बैठकको निर्णय अनुसार सभापतिलाई दिएको संगठन बिस्तारको अधिकारलाई प्रयोग गर्दै अधिवक्ता दाहाललाई कानुनी सल्लाहकारमा नियुक्त गरिएको बिज्ञप्तिमा जनाईएको छ । पेशाले कानुन व्यवसायी दाहालले नेपालको न्यायीक क्षेत्रमा २०५० साल देखि काम गर्दै काम गर्दै आउनु भएको छ भने क्यानडामा समेत सन २०१६ मा व्यारिस्टरको प्रमाण पत्र लिएदेखि अध्यागमन कानुनको क्षेत्रमा वकालत गर्दै आउनु भएको छ । नेपाल र क्यानडा दुबै देशमा वकालत गर्न पाउने वहाँ पहिलो नेपाली अधिवक्ता समेत हुनुहुन्छ ।
कानुन व्यवसायका साथै दाहाल समाज सेवामा समेत उत्तिकै संलग्न हुनुहुन्छ । साथै उहाँका दाजु नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ट अधिबक्ता हरिहर दाहाल हुन् भने दिदी बुनु गौतम पनि अष्ट्रेलियामा विगत २० बर्ष देखि कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । गौतम पनि अष्ट्रेलियामा सोलिसिटरको प्रमाण पत्र पाउने पहिलो नेपाली अधिवक्ता हुनुहुन्छ ।