टोरण्टो । क्यानडाको लण्डन सिटीमा आज शनिबार साँझ हुने सास्कृतिक कार्यक्रमको (Cultural Nights) सम्पूर्ण तयारी पुरा भएको छ । नमोबुद्ध ईभेन्ट्सको आयोजनामा हुने बिशेष कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पगेंनी, युवा पुस्ताकी चर्चित गायीका रचना रिमाल र अभिनेत्री नम्रता सापकोटाको विशेष प्रस्तुति रहने आयोजक समितिका संयोजक अनिल कुमार घलेले जानकारी दिनु भयो ।
“बुद्ध नेपालमा जन्मेका हुन” भन्ने अभियानलाई बिश्व सामु पुर्याउन र नेपाली कला सस्कृतीको जगेर्ना गर्ने सामाजिक उध्येश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक घलेले बताउनु भयो ।
लण्डन सिटीको Aeolion Hall, 795 Dundas St मा हुने सो कार्यक्रम आज साँझ ७:३० बजे सुरु हुनेछ । करिब १०:३० बजे सम्म हुने कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पगेंनी, युवा पुस्ताकी चर्चित गायीका रचना रिमाल र अभिनेत्री नम्रता सापकोटाको प्रस्तुति रहने छ।
कार्यक्रममा करिब ४ सय जनाको सहभागिता रहने आयोजकले जनाएका छन ।
कार्यक्रममा स्थानिय गायक साहरा योन्जनको गीत, कलाकारहरु हिरा गुरुङ, निमा तामाङ, बिष्णु राई, प्रेमिका राई, प्रीया राई लगायतको नृत्य समेत रहेको छ ।
क्यानाडा नेपाल










