Canada Nepal News

टोरण्टो । क्यानडाको सबैभन्दा पुरानो सस्था नेप्लीज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी)को वार्षिक साधारण सभा आज ब्राम्पट्न सिटीमा सम्पन्न भएको छ ।
सस्थाले सो कार्यक्रममा नेपाली भाषा शिक्षक, सस्थाका सस्थापक अध्यक्ष तथा पुर्व अरध्यक्षहरुलाई सम्मानित गरेको छ ।
क्यानडामा नेपाली भाषा पढाउने ६ जना शिक्षक तथा सस्थाका १३ जना पुर्व अध्यक्षहरुलाई संम्मान गरेको हो । सन १९९४ मा स्थापना भएको एनसीएनसी नेपालीहरुको पहिलो सस्था हो । सस्थाले नेपाली भाषा पढाउने शिक्षकहरु प्रतिभा आचार्य नेपाल, मनिषा पन्त, किस्मत भण्डारी, रश्मि कोईराला, टिकाराम पौडेल र भरत पण्डितलाई सम्मान गरेको थियो । उनीहरुलाई सस्थाका सस्थापक अध्यक्ष किरण ढुंगानाले खादा र सम्मान पत्रले सम्मानित गर्नुभएको थियो ।
त्यस्तै सस्थाका सस्थापक अध्यक्ष किरण ढुंगाना, पुर्व अध्यक्षहरु गोविन्द घिमिरे, गोपाल पोख्रेल, डिन गुरागाँई, डा. नारायण रेग्मी, बालचन्द्र श्रेष्ठ, गोपीकृष्ण काफ्ले, डा. ढुण्डीराज खनाल, नरबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष नेत्र खतिवडा (दिनेश)को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष खतिवडाले सम्मान पत्र र पदाधिकारी तथा बोर्ड सदस्यहरुले सस्थाका सस्थापक अध्यक्ष तथा पुर्व अध्यक्षहरुलाई खादा लगाईदिई संम्मान गर्नु भएको थियो ।
एनसीएनसीका महासचिव रामकृष्ण रेग्मीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष बेदनिधी गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साधारण सभा तयारी समितिका सम्योजक तथा सस्थाका बोर्ड सदस्य घनश्याम भट्टराईले कार्यक्रमको उध्येश्य बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं सस्थाका सस्थापक अध्यक्ष किरण ढुंगाना, समाजसेवी ब्यक्तित्व मदन केसी, ढुन्डीराज पाण्डे, मुगाराज भण्डारी, पुण्यसागर मरहठा, धिरेन्द्र शाही बिजय पौडेलले साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरि एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, रेडियोकर्मी अनिल थापा, नेपाल भाषा शिक्षक टीकाराम पौडेल, चितवन सोसाइटीका उपाध्यक्ष डा. हरी भुसाल, एन.जे.ए.सी. का महासचिव गोवा राई, नेपाली जनसम्पर्क समिति (एनपीआरसी) का वरिष्ठ उपाध्यक्ष उज्ज्वल चन्द्र गौतम, क्यानेडियन महिला चौतारीको अध्यक्ष गिता दवाडी, लालि गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष कृजल अधिकारी केसी, पशुपतिनाथ एवं बुद्ध मन्दिर टोरण्टोका अध्यक्ष केदार बस्नेत, पशुपतिनाथ एवं बुद्ध मन्दिर ब्राम्पटनका प्रबक्ता नरहरी तिमिल्सिना लगायतले आ-आफ्ना शुभकामना भनाईहरु राख्नुभएको थियो ।
साधारण सभामा बन्द सत्रको अध्यक्षता अध्यक्ष नेत्र खतिवडाले गर्नु भएको थियो । महासचिव रामकृष्ण रेग्मीले बन्द सत्रमा पेश गरेको सस्थाको बिधान संसोधन प्रस्ताव, गत बर्षको प्रगति प्रतिवेदन, भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष गोपाल श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बन्दसत्रमा पारित गरिएको थियो।
नेपाली भाषा, सस्कृती, कलाको संरक्षण गर्दै विभिन्न सामाजिक कामहरु गर्दै आएको सस्थाले क्यानडाको ब्राम्पटनमा रहेको नेपाली पार्क “सगरमाथा पार्क”को अपनत्व लिई त्यसको संरक्षण गर्दै आएको छ । एनसीएनसीले नै लामो समय देखि निशुल्क नेपाली भाषा कक्षाको पनि संचालन गर्दै आएको छ भने क्यानडाको अन्तर्राष्ट्रिय मंच क्याराबाममा पनि नेपालको तर्फबाट हरेक बर्ष विशेष उपस्थिति जनाउदै आएको छ ।