अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता: जिलेस्पीको निर्णायक गोलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ ।
सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो।
नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए।
मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्।
नेपालले सिंग...









