Canada Nepal News

नेपाल सेरोफेरो

हमासले आज ६ जना बन्धकलाई मुक्त गर्ने: नेपालका विपिन जोशी यस पटक पनि रिहा हुनेमा परेनन्

हमासले आज ६ जना बन्धकलाई मुक्त गर्ने: नेपालका विपिन जोशी यस पटक पनि रिहा हुनेमा परेनन्
एजेन्सी ।  हमासले आज ६ जना बन्धकलाई मुक्त गर्ने भएको छ। बन्धकमुक्त हुनेमा ६ जना पुरूष रहेका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभलाई रिहा गर्ने बताइएको छ। यस पटक पनि रिहा हुनेमा नेपालका विपिन जोशीको नाम परेन। उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको जनाइएको छ।

नेपाली दूतावास क्यानाडाको आयोजनामा ब्रिटिश कोलम्बियामा कन्सुलर सेवा शिविर सम्पन्न

नेपाली दूतावास क्यानाडाको आयोजनामा ब्रिटिश कोलम्बियामा कन्सुलर सेवा शिविर सम्पन्न
 टोरण्टो । अटवास्थित नेपाली दूतावासले गत १५ तथा १६ फेब्रुअरी २०२५ सम्म क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर सेवा शिविर सञ्चालन गर्यो। उक्त शिविर हिन्दू बौद्ध फाउन्डेशन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया, गैरआवासीय नेपाली संघ क्यानडा (NRNA) तथा सो प्रान्तमा रहेका अन्य नेपाली समुदायका संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको थियो। मोबाइल सेवा शिविर हिन्दू बौद्ध फाउन्डेशन अफ क्यानडा मन्दिरको परिसरमा आयोजना गरिएको थियो। उक्त शिविर मार्फत क्...

अमेरिकाबाट २ हप्तामा ६ जना नेपाली निष्कासित

अमेरिकाबाट २ हप्तामा ६ जना नेपाली निष्कासित
एजेन्सी ।अमेरिकाबाट नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी छ। अवैध ढंगबाट अमेरिका बसिरहेका नेपालीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले निष्कासन गरिरहेको हो । यसै क्रममा गत साता थप दुई जना नेपाली निष्कासनमा परेका छन् भने २ हप्ता अगाडी ४ जनालाई  निष्कासन गरेको थियो । अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। गत हप्ता नेपाल फर्काइनेमा जैसवाल र कार्की थरीका व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं...

‘एनआरएनए अभियान गिजोल्दै शेष घले’- एनआरएनए फेरि विभाजनको संघारमा, परराष्ट्र मन्त्री देउवालाई विवादमा तान्ने प्रयास

‘एनआरएनए अभियान गिजोल्दै शेष घले’- एनआरएनए फेरि विभाजनको संघारमा, परराष्ट्र मन्त्री देउवालाई विवादमा तान्ने प्रयास
लण्डन ।  सर्वोच्च अदालतले दिएको दुईवटा फैसलाको विषयमा एकमत नहुँदा गैरआवासीय नेपाली संघ पुनः विभाजनको संघारमा पुगेको छ। सर्वोच्च अदालतको गत साउन महिनाको फैसलाले वर्तमान अध्यक्ष डा. बद्री केसीलाई पूर्ण कार्यकाल काम गर्न बाटो खोलिदिए पनि संघका पूर्व अध्यक्ष शेष घले समूहले गत चैत्र महिनामा भएको पुरानो फैसलालाई आधार बनाएर मे महिनामा अधिवेशन गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ फेरि विभाजनको संघारमा पुगेको हो। यसअघि घलेकै नेतृत्वमा काठमाडौँमा आयोजित एक भेलाले सोनाम लामाको ...

महिने श्री स्वस्थानी ब्रतको बिधि पुर्बक समापन

महिने श्री स्वस्थानी ब्रतको बिधि पुर्बक समापन
काठमाडौँ। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्...

क्यानडाको मिसिसागामा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठको एकल साँझ कार्यक्रम हुदै

क्यानडाको मिसिसागामा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठको एकल साँझ कार्यक्रम हुदै
शिशिर सिंखडा, टोरण्टो । नेपाली सांगीतिक आकाशका एक नक्षत्र वरिष्ठ गायक दिप श्रेष्ठको क्यानडामा पहिलो पटक एकल साँझ कार्यक्रम हुने भएको छ। आगामी मार्च १ तारीखमा मिसिसागाको स्वागत बेन्क्युट हलमा लाईभ म्युजिकका साथमा हुने सो एकल सांझ बेलुकी ६ः३० बजेबाट राति १०ः३० बजे सम्म हुने छ । १ सय जना सहभागी हुने सो कार्यक्रमको टिकट शुल्क १ सय डलर रहेको आयोजकले जनाएका छन । सांगितिक साँझको टिकट बिक्रीबाट उठेको सम्पूर्ण रकम वरिष्ठ गायक श्रेष्ठलाई हस्तान्तरण गर्ने आयोजकको योजना रहेको ...

वसन्तपञ्चमीः आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

वसन्तपञ्चमीः आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान ०७:५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७:५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। वसन...

ट्रीलियम फाउन्डेसनको सहयोगार्थ नेपाली कथानक चलचित्र “तेल भीसा” क्यानडामा प्रदर्शन हुँदै 

ट्रीलियम फाउन्डेसनको सहयोगार्थ नेपाली कथानक चलचित्र “तेल भीसा” क्यानडामा प्रदर्शन हुँदै 
शिशिर सिंखडा, टोरण्टो । ट्रीलियम फाउन्डेसनको सहयोगार्थ नेपाली कथानक चलचित्र "तेल भीसा" क्यानडामा प्रदर्शन हुने भएको छ । फाउन्डेसनले विभिन्न सामाजिक काम लागि आर्थिक संकलन गर्ने उध्येश्यले यही जनावरी २५ तारेख शनिबार सो सिनेमा प्रदर्शन गर्न लागेको हो ।  टोरण्टो सिटी अन्तर्गत स्कारब्रोमा रहेको उडसाईड स्क्वायर सिनेमा हलमा फिल्म देखाईने फाउन्डेसनको अध्यक्ष लिलेन गुरुङले क्यानडा नेपाल न्युजलाई बताउनुभयो । ....... ट्रीलियम फाउन्डेसन https://trilliumfound.org/ ....... शनिबार...

क्यानडामा उच्च शिक्षाको लागि आएकी नेपाली विद्यार्थीको सामुहिक बलात्कार: घटनालाई गम्भीर रुपमा लिएको भन्दै एनआरएनए क्यानडाद्वारा बिज्ञप्ती जारी

क्यानडामा उच्च शिक्षाको लागि आएकी नेपाली विद्यार्थीको सामुहिक बलात्कार: घटनालाई गम्भीर रुपमा लिएको भन्दै एनआरएनए क्यानडाद्वारा बिज्ञप्ती जारी
टोरण्टो । उच्च शिक्षाको लागि क्यानडा आएकी एक नेपाली विद्यार्थीलाई सामुहिक बलात्कार भएको छ । घटना गत डिसेम्बर २५ तारेख अर्थात  पुस १० गते बुधबारको हो । फेसबुकबाट चीनजान भएका उनिहरुले तिहारमा भाईटिका समेत लगाएका थिए । कोठामा बोलाई ३ जना नेपाली युवाहरुले ती २० बर्षिया युवतीलाई कोठामै बलात्कार गरेका थिए । घटनाको बारेमा प्रहरीलाई भनेमा ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका थिए । घटना लगत्तै पीडित युवतीले प्रहरीलाई टेलिफोन गरे पछी तत्कालै उनलाई प्रहरीले उद्धार गरेको थियो भने ...

गैरआवासीय नेपाली नागरिकता बहस: ‘१० बर्षे भिषा फ्रि’ संविधानको मर्म विपरीत भएको टिप्पणी

गैरआवासीय नेपाली नागरिकता बहस: ‘१० बर्षे भिषा फ्रि’ संविधानको मर्म विपरीत भएको टिप्पणी
काठमाडौं । गैरआवासीय नेपाली संघले हालै प्रकाशित ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ʼका केही प्रावधानहरूप्रति ध्यानाकर्षण गराएको छ । संघले संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकारलाई स्पष्टता र पूर्णता दिने अपेक्षा गरेको भए पनि अध्यादेशमा गैरआवासीय नेपाली नागरिकलाई प्रवेशाज्ञा आवश्यक पर्ने व्यवस्था ल्याइएका कारण निराशा व्यक्त गरेको छ । तर, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिव...