Canada Nepal News

टोरण्टो । क्यानडाको ब्राम्टनमा रहेको सगरमाथा पार्कमा नेपाली समुदायद्वारा आज शनिबार सरसफाई गरिएको छ । ब्राम्सागा युनाईटेड क्लबको आयोजनाना भएको सो सरसफाई कार्यक्रममा नेपाली समुदायको उपस्थिति रहेको थियो ।
गत बर्ष ब्रामटन नगरपालिकाले सो पार्कको नेपाली नामाकरण गरि नेपाली समुदायलाई हस्तान्तरण गरेको थियो । सो पार्कको संरक्षण गर्ने जिम्मेवारी नेपाली समुदायको सबैभन्दा पुरानो सस्था एनसीएनसीले लिएको छ ।
पार्कको सरसफाई कार्य क्लबका अध्यक्ष चेतबिक्रम शाहीको अध्यक्षतामा भएको थियो । क्लबका महासचिव रोशन केसीको संयोजनमा भएको कार्यक्रममा सरसफाईका लागि आबश्यक पर्ने सामाग्रीहरु ब्रामटन नगरपालिकाले उपलब्ध गराएको सरसफाई सम्बन्धि सामाजिक अभियान्ता बिरेन्द्र पौडेलले जानकारी दिनुभयो । ३ बर्ष आगाडी स्थापना भएको क्लबले हरेक बर्ष सरसफाई कार्यक्रमका साथै खेलकुद कार्यक्रम पनि गर्दै आएको  छ । क्लबले भोलि आईतवार तेस्रो भेट्रान कप फुटबलको समेत आयोजना गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।