Canada Nepal News

शिशिर सिंखडा, टोरण्टो । ब्रामसागा युनाइटेड (क्लब) को अध्यक्षमा रोशन केसी चयन भएका छन । क्लबको तेस्रो अधिवेशनबाट अध्यक्षमा केसी सर्वसम्मत निर्वाचित भएका हुन ।

क्लबको उपाध्यक्षमा कमल देवकोटा, सचिबमा बसन्त महत, सह-सचिवमा दिपक श्रेष्ठ, कोषाध्यक्षमा सुनिल गुरुङ, सह- कोषाध्यक्षमा बासु पराजुली चयन भएका छन । त्यसैगरि बोर्ड अफ डाइरेक्टरमा कर्मा शेर्पा, प्रकाश थापा, जनक गुरुङ, सौरभ थापा, कुर तेन्जिङ शेर्पा, गगन केसी र निकुञ्ज पाण्डे निर्वाचित भएका छन ।
क्लबका अध्यक्ष चेतबिक्रम शाहीको अध्यक्षतामा शनिबार मिसिसागामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल रहेका थिए । कार्यक्रममा क्लबले गरेको प्रगति प्रतिवेदन र भावी कार्ययोजना क्लबका तत्कालीन सचिब रोशन केसीले प्रस्तुत गरेका थिए । क्लबका उपाध्यक्ष शालिकराम आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा क्लबको आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रजापति सापकोटाले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल,  विशिष्ट अतिथी एभरेष्ट ग्रुपका अध्यक्ष मदन क्षेत्री, क्लबका सल्लाहकार क्रीजल केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्यानडाको टोरण्टाे अन्तर्गत मिसिसागा र ब्रामटन सिटीलाई मुख्य कार्य क्षेत्र बनाएको क्लबले क्यानडामा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता, सरसफाई अभियान, ब्लड डोनेशन तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।