
टोरण्टो । नेपाली साहित्य समाज क्यानडाको अध्यक्षमा मोहन खरेल र महासचिवमा पार्वती पाण्डे सहितको कार्य समिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा पुण्यसागर मरहट्ठा, कोषाध्यक्षमा माधव बराल, सदस्यहरुमा रुद्र अधिकारी र लक्ष्मी न्योपाने चयन भएका हुन । ९ सदस्यीय कार्यसमितिमा ३ जना समिति सदस्य भने कार्य समितिको बैठक निर्णयले थप गरिने बताईएको छ ।
सस्थाको हिजो शनिबार सम्पन्न भर्चुअल साधारण सभा तथा अधिवेशनले २ बर्षको लागि नयाँ कार्य समिति चयन गरेको थियो । सस्थाका अध्यक्ष डा. खेम गुरागाईको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष डा. गुरागाईले सस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पार्वती पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।