
टोरण्टो । नेपाली जनसम्पर्क समिति क्यानडाले पुर्णता पाएको छ । समितिले पुर्णता पाए संगै १० जना केन्द्रीय पदाधिकारी, २० जना केन्द्रीय सदस्य तथा ५ जनाको सल्लाहकार परिषद समेत चयन गरिएको छ ।
नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष उदय दुराले बिहीबार एक बिज्ञप्ति जारी गरि केन्द्रीय समितिलाई पुर्णता दिएको बताएका छन ।

केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा मनोहर पाठक, उपाध्यक्षमा रामकृष्ण रेग्मी, राम शाह र अनिल महत चयन भएका छन । महासचिवमा शाहसनाथ अधिकारी र रमेश भट्टराई तथा सचीवमा अनिल कुमार घले, राजु अधिकारी, कोषाधध्क्षमा गरिमा लिम्बु र प्रबक्तामा यादब कुंवर चयन भएका छन।
समितिको केन्द्रीय सदस्यहरुमा अजिता अधिकारी, मधुराम थापा,दामोदर खनाल, मनोजकुमार बिक, सुदिप अधिकारी, कुमार बिक, रोहन गुरुङ, मिङ्गमा शेर्पा, जनक श्रेष्ठ, रबिन क्षेत्री, अनिल ढकाल, रेशम गुरुङ चयन भएका हुन । त्यसैगरि स्मृति कार्की, गजेन्द्र खाण, सन्दीप गुरुङ, राजु वाईवा, हिमांशु ठकुरी, तोरण दुरा, सुबोध सिल्वाल र रुपेश उप्रेती पनि केन्द्रीय सदस्य चयन भएको अध्यक्ष दुराद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
समितिको केन्द्रीय सल्लाहकार परिषदमा शम्भु धमला, तुलसी पौडेल,सुरेन्द्र खड्का्, सुरज पाण्डे र दिपक सापकोटा चयन भएका छन ।
नेपाली जनसम्पर्क समिति क्यानडाको गत डिसेम्बर २८ तारेख शनिबार लण्डन सिटिमा भएको चौथो अधिवेशनले उदय दुरालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको थियो । सो भेलाले अध्यक्ष दुरालाई नै समितिको पुर्णता दिने अधिकार समेत दिएको थियो ।
(फाईल फोटो)