
टोरण्टो । ग्रीन एक्सन क्यानडा – भोलेण्टिएर ग्रुपको आयोजनामा आज ब्राम्पटनमा सरसफाई कार्यक्रम गरिएको छ । ब्राम्पटनको टम्बलवीड पार्कमा गरिएको सो सरसफाईमा कुहिने तथा नकुहिने फोहोरहरु संकलन गरिएको थियो ।

ग्रीन एक्सन क्यानडाका प्रमुख तथा सरसफाई अभियन्ता बिरेन्द्र पौडेलको संयोजनमा भएको कार्यक्रममा २० जना भन्दा बढी भोलेण्टिएरको सहभागीता रहेको थियो । सरसफाई अभियानमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बी२ बर्ष २०१६/१७ का डिष्ट्रिक्ट गभर्नर घनश्याम भट्टराई, सामाजिक अभियन्ता ध्रुबमणि पौडेलले सरसफाई अभियानको बारेमा आ-आफ्नो भनाई राखेका थिए।

सरसफाई अभियन्ता पौडेलले नेपालमा पनि लामो समय सरसफाई अभियान चलाएका थिए भने क्यानडामा पनि सन २०१९ देखि हरेक बर्ष अभियान मार्फत सरसफाई गर्दै आएका छन ।









