Canada Nepal News

टोरण्टो । नेपाली जनसम्पर्क समिति (एनपीआरसी)क्यानडाको आयोजनामा क्यानडाको लण्डन सिटीमा रक्तदान कार्यक्रम गरिएको छ ।
एनपीआरसीको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।  नेपाली जनसम्पर्क समिति (एनपीआरसी)क्यानडाको आयोजना र क्यानेडियन ब्लड सर्भिसेज लण्डन सिटीको समन्वयमा “रगत दान जीवन दान” भन्ने मर्मलाई मनन गर्दै रक्तदान कार्यक्रम गरिएको थियो ।
सस्थाका महामन्त्री तथा कार्यक्रम को-अर्डिनेटर शाहसनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति (एनपीआरसी) क्यानडाका अध्यक्ष उदय दुरा रहनु भएको थियो ।
कार्यक्रमका बिशिस्ट अतिथि एनपीआरसीका कानुनी सल्लाहकार अधिवक्ता केशव दाहाल तथा एनपीआरसीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो।