टोरण्टो । क्यानडाको स्कारर्ब्रोमा “अब कि बार गगन सरकार” शुभेच्छुक तथा समर्थक भेला आइतबार भब्य रुपमा सम्पन्न भएको छ ।
सो भेला अधिवक्ता केशव दाहालको संयोजकत्वमा भएको थियो।
भेलामा नेपाली काङ्ग्रेसका समर्थक तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । सो भेलामा नेपाली काङ्ग्रेसका सभापति तथा आगामी निर्वाचन पछीका नेपाली काङ्ग्रेस तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार गगन थापाले जुम मार्फत सम्बोधन गरेका थिए । सभापति थापाले नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पछि एक ढिक्का भएको भन्दै आगामी निर्वाचनमा काङ्ग्रेसको बहुमत सहितको ठुलो पार्टी हुने बताए ।
‘हामीले काङ्ग्रेस बदल्यौ अब हामी देश बदल्छौ’ भन्दै नेपाली काङ्ग्रेसका सभापति थापाले देश तथा बिदेशमा रहेका नेपाली काङ्ग्रेसका पार्टी सदस्य तथा शुभेच्छुकहरुले आफ्नो घर देखि गाउँ, टोल, वडा, पालिका सबै क्षेत्रमा लाग्नुपर्ने र यो निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन आग्रह पनि गरेका थिए ।
बिदेशमा रहेका नेपाली हरुले उठाएका गैर आवासीय नागरिकताको बारेमा पार्टी प्रतिबद्ध रहेको बताए । सभापति थापाले बिश्वभर रहेका नेपाली हरुलाई घरफर्क अभियान र लगानी मैत्री बाताबरण सिर्जना गर्न पनि आफू र पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।
सोही अबसरमा नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल, काङ्ग्रेस नेता तथा गण्डकी प्रदेश साम्सद डिल्ली सुबेदीले पनि जुम मार्फत मन्तव्य राखेका थिए ।
भेलामा एनपीआरसी क्यानडाका सभापति उदय दुरा, एनपीसीसी क्यानडाका सभापति बुद्धिप्रकाश ओलीले मन्तव्य राखेका थिए ।
सोही भेलामा राजेन्द्र पोख्रेल, क्युबेक सिटिबाट प्रतिनिधि रबिन कडेंल, पुण्यसागर मरहठा, बिद्या भूषण कार्की, निरन्जन थापा लगायत आफ्नो भनाइ राखेका थिए ।
सो भेलामा दधी अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कुशल घिमिरेले कार्यक्रम संचालन गरेका थिए ।







क्यानाडा नेपाल










