टोरण्टो । मिसिसागा क्यानडा नेपाल लायन्स क्लबको अध्यक्षमा घनश्याम भट्टराई पुन: सर्वसम्मत निर्वाचित हुनुभएको छ । लायन बर्ष २०२६-२७ का लागि अध्यक्ष भट्टराईसहितको सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
क्लबको सचीवमा ध्रुवमणि पौडेल र कोषाध्यक्षमा ऋषि पोख्रेल चयन हुनुभएको थियो । क्लबको दोश्रो वार्षिक साथारण सभाले फर्स्ट भाईस प्रेसिडेन्टमा गोकर्ण लामिछाने, सेकेन्ड भाईस प्रेसिडेन्टमा कमल ज्ञवाली र थर्ड भाईस प्रेसिडेन्टमा प्रबिन पौडेललाई चयन गरेको छ ।

त्यसैगरी मार्केटिङ एन्ड कम्युनिकेशन चेयरपर्सनमा शिशिर सिंखडा, मेम्बरसीप चेयरपर्सन रमेश धिताल, क्लब सर्भिस चेयरपर्सन बिरेन्द्र पौडेल, टेल टुईस्टर दामोदर पौडेल, लायन टेमर अनिल ज्ञवाली र क्लब एलसीएफ को-अर्डिनेटर जगन्नाथ सापकोटा चयन हुनु भएको छ । क्लबको १ बर्षे डाईरेक्टरमा शुदर्शन अधिकारी र गोकर्ण कुँवर, २ बर्षे डाईरेक्टरमा बेदबहादुर गुरुङ र टोपलाल पाण्डे चयन हुनुभएको हो।
युथ प्रोग्राम चेयरपर्सनमा अमृत क्षत्री, हङ्गर रिलिफ चेयरपर्सनमा नाम भुसाल, पिस पोस्टर चेयरपर्सनमा नारायण पराजुली, भिजन/साईट प्रोग्राम चेयरपर्सनमा छवीलाल शर्मा र डाईबेटीज अवाएरनेस चेयरपर्सनमा धुर्व भट्टराई चयन हुनुभएको थियो। त्यस्तैगरि बोर्ड अफ कमिटी मेम्बरमा बाबूकृष्ण कंडेल, युवराज शर्मा, सुनिल अधिकारी, दामोदर गौतम, प्रजापति सापकोटा, सागर गुरुङ र रामकृष्ण रेग्मी चयन हुनु भएको हो।
गत मे २ शनिबार साँझ ब्राम्पटनमा आयोजित सस्थाको दोश्रो साधारण सभा तथा फेलोशिप कार्यक्रममा अध्यक्षको भावी कार्य योजना, सचीवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत सर्वसम्मत पारित गरिएको थियो ।
कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ए७११ का फर्स्ट भाईस गभर्नर फोबी सिबाण्डा, पास्ट डिष्ट्रिक्ट गभर्नर डान सिबाण्डा, स्पोन्सर क्लव मिसिसागा कुक्स भ्याली क्लबका अध्यक्ष आशिष अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
क्लबले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नियमित रक्तदान कार्यक्रम, पार्क सरसफाई कार्यक्रम, हङगर रिलिफ कार्यक्रम, मिसिसागा नगरपालिकाद्वारा आयोजित बृक्षारोपण कार्यक्रममा सहभागीता, लायन्स डिष्ट्रिक्ट तथा विभिन्न तहमा भएको कार्यक्रममा सहभागीता समेत जनाउदै आएको छ ।


क्यानाडा नेपाल










