×

एजेन्सी । क्यानडाको समय अनुसार आज आईतवार दिउँसो ३ बजे क्यानडा विरुद्ध दक्षिण अफ़्रिकाको प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको पहिलो प्लेअफ लडाईको लागि दिउँसो अमेरिकाको लस एन्जलसमा हुने खेलको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ।

दुबै टोलीले आज पहिलो पटक विस्तारित राउन्ड अफ ३२ वा नकआउट राउन्डमा प्रवेश पाएका हुन।

आज खेल जित्ने बिजयी राष्ट्र राउन्ड १६ तर्फ अगाडि बढ्छ भने हार्ने टोलि घर जानेछ।

२०२६ को लागि प्रतियोगिता ४८ टोलीमा विस्तार भएपछि ३२ टोलीहरू समूह चरणबाट अगाडि बढेका छन । १२ समूहहरू मध्ये प्रत्येकबाट शीर्ष दुई र आठ उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूले समुह ३२ को अबसर पाएका हुन।

समुह ३२ को तालिका:

आइतबार, जुन २८:

लस एन्जलसमा क्यानडा विरुद्ध दक्षिण अफ्रिका, प्रशान्त समय अनुसार दिउँसो सुरु।

सोमबार, जुन २९:

ब्राजिल विरुद्ध जापान ह्युस्टनमा, बिहान १० बजे

जर्मनी विरुद्ध पाराग्वे, बोस्टनमा, दिउँसो १:३० बजे

मोन्टेरी, साँझ ६ बजे नेदरल्याण्ड्स विरुद्ध मोरक्को

मंगलबार, जुन ३०:

आइभरी कोस्ट विरुद्ध नर्वे, डलासमा, बिहान १० बजे

फ्रान्स विरुद्ध स्वीडेन, न्यूयोर्कमा, दिउँसो २ बजे

मेक्सिको विरुद्ध इक्वेडर, मेक्सिको सिटीमा, साँझ ६ बजे

बुधबार, जुलाई १:

इङ्गल्याण्ड विरुद्ध कंगो, एटलान्टामा, बिहान ९ बजे

बेल्जियम विरुद्ध सेनेगल, सियाटलमा, दिउँसो १ बजे

अमेरिका विरुद्ध बोस्निया र हर्जगोभिना सान फ्रान्सिस्कोमा, साँझ ५ बजे

बिहीबार, जुलाई २:

स्पेन विरुद्ध अस्ट्रिया लस एन्जलसमा, दिउँसो

टोरन्टोमा पोर्चुगल विरुद्ध क्रोएसिया, दिउँसो ४ बजे

स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया, भ्यानकुभरमा, राति ८ बजे

शुक्रबार, जुलाई ३:

अष्ट्रेलिया विरुद्ध इजिप्ट, डलासमा, बिहान ११ बजे

अर्जेन्टिना विरुद्ध काबो भर्डे, मियामीमा, दिउँसो ३ बजे

कोलम्बिया विरुद्ध घाना, कान्सास सिटीमा, साँझ ६:३० बजे