क्यानडामा उच्च शिक्षाको लागि आएकी नेपाली विद्यार्थीको सामुहिक बलात्कार: घटनालाई गम्भीर रुपमा लिएको भन्दै एनआरएनए क्यानडाद्वारा बिज्ञप्ती जारी
टोरण्टो । उच्च शिक्षाको लागि क्यानडा आएकी एक नेपाली विद्यार्थीलाई सामुहिक बलात्कार भएको छ । घटना गत डिसेम्बर २५ तारेख अर्थात पुस १० गते बुधबारको हो । फेसबुकबाट चीनजान भएका उनिहरुले तिहारमा भाईटिका समेत लगाएका थिए । कोठामा बोलाई ३ जना नेपाली युवाहरुले ती २० बर्षिया युवतीलाई कोठामै बलात्कार गरेका थिए । घटनाको बारेमा प्रहरीलाई भनेमा ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका थिए ।
घटना लगत्तै पीडित युवतीले प्रहरीलाई टेलिफोन गरे पछी तत्कालै उनलाई प्रहरीले उद्धार गरेको थियो भने ...









