Canada Nepal News

क्यानडा सेरोफेरो

कालिका नगरपालिकाका मेयर रेग्मी र ब्राम्पटनका मेयर ब्राउनबीच भेटवार्ता, भगिनी सम्बन्ध कायम गर्दै बिकासको मोडल आदान-प्रदान गरिने 

कालिका नगरपालिकाका मेयर रेग्मी र ब्राम्पटनका मेयर ब्राउनबीच भेटवार्ता, भगिनी सम्बन्ध कायम गर्दै बिकासको मोडल आदान-प्रदान गरिने 
टोरण्टो । क्यानडाको ब्राम्टन नगरपालिकाका मेयर प्याट्रिक ब्राउन संग नेपालको कालिका नगरपालिका चितवनका मेयर बिनोद रेग्मी बीच आज शिष्टाचार भेटवार्ता भएको छ । नगरपालिकाका मेयर द्वय बीच भएको भेटवार्तामा दुबै नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्दै बिकासको मोडल आदानप्रदान गरिने भएको छ । साथै एक अर्को पालिका बिच बिकासकाे माेडेल तथा प्रबिधिको समेत आदानप्रदान गरिने सो भेटबार्तामा छलफल भएको थियो। ब्राम्टन नगरपालिकाका मेयर प्याट्रीक ब्राउनले नेपालका मेयर संग भेटहुन पाँउदा खुशी व्यक्त ग...

क्यानडामा आईतबार (जुलाई ६)” दोश्रो नेपाल फेस्टिवल-२०२५” हुँदै, लोक गायिका शान्तिश्री परियार सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

क्यानडामा आईतबार (जुलाई ६)” दोश्रो नेपाल फेस्टिवल-२०२५” हुँदै, लोक गायिका शान्तिश्री परियार सहितका कलाकारको बिशेष प्रस्तुति रहने….
शिशिर सिखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा भोलि आईतवार "दोश्रो नेपाल फेस्टिवल-२०२५" हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा (२०८२ असार २२ गते)  सो फेस्टिवल हुने लागेको हो । नेपाली कला-सस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ । फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको  आयोजक समितिका सदस्य अमृत बानियाले जानकारी दिए । मञ्चको तया...

क्यानाडाबाट अमेरिकातर्फको निर्यात निरन्तर घट्दै, अन्य देशसँगको व्यापार भने नयाँ उचाइमा

क्यानाडाबाट अमेरिकातर्फको निर्यात निरन्तर घट्दै, अन्य देशसँगको व्यापार भने नयाँ उचाइमा
ओटावा । संयुक्त राज्य अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको छ। क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिका तर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो । यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ, जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो। यता, अमेरिका बाहेक अन्य देशहरूसँगको क्यानाडाक...

आज शुक्रबार: सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ, व्रत विधि सहित….

आज शुक्रबार: सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ, व्रत विधि सहित….
काठमाडौं । सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ (यद्यपि पुराणमा यो उल्लेख गरिएको छैन) । सन्तुष्टि हाम्रो जीवनमा धेरै महत्त्व राख्छ । यदि सन्तुष्टि छैन भने, एक व्यक्ति मानसिक र शारीरिक रूपमा धेरै कमजोर हुन्छ। सन्तोषी मा हामीलाई सन्तुष्टि दिनुहुन्छ । हाम्रो जीवनमा खुसीको बहार ल्याइदिनु हुन्छ । मा...

क्यानडामा “रामकृष्ण ढकाल साँझ” भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम…

क्यानडामा “रामकृष्ण ढकाल साँझ” भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम…
शिशिर सिंखडा, टोरण्टो । असार १५ (जुन २९)आइतबार । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत – “बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस....“ जब गाउन शुरु गरे दर्शकहरुको गडगडाहक तालीले हल गुञजायमान भएको थियोे भने बिदेशी भुमीमा भएका नेपाली दर्शकहरु आफ्नो नेपाली माटो र राष...

लोक दोहोरी गायीका देविका केसीले ल्याइन् यो बर्ष कै पहिलो तिज गीत ‘साइँली छोरी’

लोक दोहोरी गायीका देविका केसीले ल्याइन् यो बर्ष कै पहिलो तिज गीत ‘साइँली छोरी’
टोरण्टो। लोक दोहोरी गायिका देविका केसीले शंकर बिसीको शब्दमा ‘साइँली छोरी’ बोलको तिज गीत ल्याएकी छन् । आउँदै गरेको हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर गायिका केसीले पछिल्लो यस ‘साइँली छोरी’ गीत र भिडियो कोशेली स्वरुप आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् । केसीले बजारमा यो बर्षकै पहिलो तिज गित दर्शक, श्रोता समक्ष ल्याएकी हुन ।   https://youtu.be/yKMXqcrXNTg?si=iVu4dCZ_Oc9gPJZR उक्त गीतमा गायिका देविकालाई गायक रामकुमार नेपालीले साथ दि...

क्यानडामा “मिसिसागा क्यानडा नेपाल लायन्स क्लब” गठन, इन्टरनेशनल प्रेसीडेन्टद्वारा क्लबको उद्घाटन 

क्यानडामा “मिसिसागा क्यानडा नेपाल लायन्स क्लब” गठन, इन्टरनेशनल प्रेसीडेन्टद्वारा क्लबको उद्घाटन 
टोरण्टो । क्यानडाको मिसिसागा शहरमा नयाँ लायन्स क्लब गठन गरिएको छ । क्यानडामा रहेका नेपालीहरुको नेतृत्वमा  "मिसिसागा क्यानडा नेपाल लायन्स क्लब" गठन गरिएको हो । सो क्लबको संस्थापक अध्यक्षमा घनश्याम भट्टराई, सचिब ध्रुवमणि पौडेल र कोषाध्यक्षमा ऋषि पोख्रेल चयन हुनु भएको छ । नव गठित सो क्लबको लायन्स क्लब इन्टरनेशनलका अप कमिङ इन्टरनेशनल प्रेसीडेन्ट (बर्ष २०२५/२६) एपी सिंह द्वारा क्लबको उद्घाटन गरिएको थियो । जुम मिटिङ मार्फत भएको सो उदघाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिंहले क्...

शनिबार साँझ हुने नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा  

शनिबार साँझ हुने नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा  
शिशिर सिंखडा, टोरण्टो । ´ईन्टरनेशनल म्युजिक डे` को अबसरमा २१ जुन अर्थात भोलि शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ जुन २१ तारेख, भोलि शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने  “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बत...

नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ”मैनु याद आन्दिया तेरी” सार्वजनिक 

नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ”मैनु याद आन्दिया तेरी” सार्वजनिक 
टोरण्टो । नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ''मैनु याद आन्दिया तेरी'' सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा चर्चित गायक सुरज कालाखेतीको स्वर, चर्चित मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र दीर्घ खड्काको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कलाकार समिश्रीका परियार, मनोज वि.क. र कानुन ब्यबसायी अतुल सुवेदीको अभिनयमा रहेको छ ।म्युजिक भिडियोको ''मैनु याद आन्दिया तेरी'' बोलको गीतलाई युट्युब च्यानल 'suraj kalakheti' मा पनि राखिएको छ । ...

क्यानडाको ब्राम्पटन शहरमा “दोश्रो नेपाल फेस्टिवल क्यानडा-२०२५” हुँदै

क्यानडाको ब्राम्पटन शहरमा “दोश्रो नेपाल फेस्टिवल क्यानडा-२०२५” हुँदै
शिशिर सिंखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा  "दोश्रो नेपाल फेस्टिवल-२०२५" हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा आउँदो जुलाई ६ तारेख आईतबार (२०८२ असार २२ गते)  सो फेस्टिवल हुने लागेको हो । नेपाली कला-सस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ । ब्राम्पटन सिटीको डाउन टाउन स्थित गेज पार्कमा दिउँसो १२ बजेबाट बेलुकी ९...