नेपाली साहित्य समाज क्यानडाले जुराएको त्यो “गजल साँझ” – जहाँ देश भक्ति देखि माया प्रेम यसरी छल्किए … (फोटो, भिडीयो फिचरसहित)
शिशिर सिंखडा, टोरण्टो । शनिबारको साँझ ६ बज्दै थियोे, कार्यक्रम हुने हल एकाएक खचाखच भैसकेको थियो । उता नेपालमा आईतवार बिहान झिसमिसेको पौने पाँच बज्दै थियो । सात समुन्द्र पार गरेर क्यानडालाई कर्मथलो बनाएका दर्जनौं साहित्य अनुरागी श्रष्टा यो बिशाल देश क्यानडामा आफ्नो सुन्दर, शान्त देश नेपाल खोज्दै थिए ।
ढाका टोपीमा सजिएका दाजुभाइ हुन वा साडी, ब्लाउज-चोलि, पच्छौरीको पहिरनमा भेटिएका दिदिबहिनी हुन, सबै-सबैको आत्मियता र सामीप्यता देख्दा लाग्दथ्यो हामी पोखरामा भएको कुनै साहित्यीक ...









