राष्ट्रसङ्घ मुख्यालयमा मिथिला कला
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा नेपाली मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । असार २४ गते सोमबारदेखि सुरु भएको सो प्रदर्शनी साउन २ गते बुधबारसम्म सञ्चालन हुने जनाइएको छ ।
‘संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज’ नारासाथ सुरु भएको प्रदर्शनीको उद्घाटन संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले गर्नुभएको थियो ।
मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्युयोर्कको संयुक्त आय...





