Canada Nepal News

काठमाडौं : नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अष्ट्रियाको ७औं अधिवेशनले अध्यक्षमा बाबा राजेश्वरी थापालाई चयन गरेको छ । थापा यसअघि सचिव र पर्यटन बोर्डको लागी मानार्थ पर्यटन जनप्रतिनिधि समेत हुन् । अधिवेशनले उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्ण कुमार श्रेष्ठ तथा सदस्यहरूमा कृष्ण दत्त भट्ट (केडी) आर्थिक विभाग प्रमुख अनिता श्रेष्ठ, भावना प्रसाईँ तथा एलिजा श्रेष्ठ सहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले अस्ट्रिया राष्ट्रिय कमिटी सानो र थोरै सदस्य भएता पनि यसले विगत केही वर्षमा उल्लेख्य काम गरेकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रमको व्यवस्थापन तथा समग्र कामहरू नमूना योग्य रहेकोमा प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीको तर्फबाट धन्यवाद समेत ज्ञापन गरे ।

अर्का अतिथि अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार परिषद् उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष रामशरण सिम्खडाले अधिवेशनले विगतको कामहरूको सूक्ष्म समीक्षा गर्दै भावी योजनाहरू बनाउने र यसलाई कार्यान्वयन गर्ने कार्यसमिति चयन गर्न सुझाव दिए । अधिवेशनको उद्घाटन सत्रमा नेपाली दूतावास अस्ट्रियाका प्रथम सचिव अनिल लम्साल प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा अस्ट्रिया ईन्चार्ज सरस्वती केसी, अर्का केन्द्रीय सदस्य कल्पना त्रिपाठी, एन आर एन अस्ट्रिया अध्यक्ष ध्रुव पौडेल, आई सी सी सदस्य मनोज विष्ट, जनजाति महासंघ अस्ट्रिया अध्यक्ष मुक्त गुरुङ, समाजसेवी एवं व्यवसायी बुद्धि तामाङ, ईनास अस्ट्रियाका अध्यक्ष कुमार अधिकारी समेतले शुभकामना दिए ।

विगत ३५ वर्षदेखि समाजलाई विशिष्ट योगदान दिएका सामाजिक अभियन्ता राम बहादुर विश्वकर्मालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । यसरी यस्तो प्रकारको संगठनले सम्मा गर्दा विगतमा भन्दा अझै जागरूक र उत्प्रेरित भई समाजमा क्रियाशील हुने प्रतिबद्धता जाहेर गर्दै मञ्चलाई हर प्रकारको सहयोग रहने समेत बताए ।