अमेरिकामा ३० दिनभन्दा बढी बस्नु परेमा ‘एलिएन रजिष्ट्रेशन’ अनिवार्य- नगरेमा जेल हाल्ने घोषणा
एजेन्सी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन (एलिएनरजिष्ट्रेशन एक्ट) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आज (अप्रिल ११) विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति भएको जानकारी गराउँदै उक्त कुरा बताएकी हुन्।
बीबीसीका अनुसार उनले भनेकी छन्, ‘एलिएन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गर्ने आज (अप्रिल ११) अन्तिम मिति हो। संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी ...









