क्यानडाको ब्राम्पटनमा नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा नेपाली सुगम संगीतका सदाबहार गायक "रामकृष्ण ढकाल साँझ" लाईभ म्युजिक हुने भएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ यही जुन २१ तारेख, शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने "रामकृष्ण ढकाल साँझ" मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।
भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएक...









