×

एनआरएनए

एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदै, अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा

एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदै, अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा
टोरण्टो । एनआरएनए क्यानडाको (बर्ष २५-२७) निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदैछ । आइतबार हुने निर्वाचनमा अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदमा जगन (जगन्नाथ) सापकोटा, चन्दा (चन्द्रा) अधिकारी, किरोज श्रेष्ठ, बिद्या भूषण कार्की र सुरज अधिकारीको उम्मेदवारी रहेको छ । उपाध्यक्ष (केन्द्रीय) मा सुशान्त रावत, प्रतीक भन्डारी र आशिर्वाद सुवेदी त्यस्तै उपाध्यक्ष (एट्लान्टिक)मा दीपक बुढाथोकी र हरी बराकोटी तथा उपाध्यक्ष (पश्चिम्) मा दीपेन्द्र पाण्डे र बिशा...

“झोलाको कार्यालय विस्थापन गरेर एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने योजना”- जगन सापकोटा, (अध्यक्ष उम्मेदवार) एनआरएनए क्यानडा 

“झोलाको कार्यालय विस्थापन गरेर एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने योजना”- जगन सापकोटा, (अध्यक्ष उम्मेदवार) एनआरएनए क्यानडा 
टोरण्टो । काठमाडौंमा पत्रकारिता गर्दागर्दै क्यानडा आईपुगेका जगन सापकोटा करिब ११ वर्षदेखी क्यानडामा संघर्ष गरिरहेका छन् । २०१४ मा उनी क्यानडामा ल्यान्ड भएका थिए । क्यानडा आएको लामो समयपछि उनले नेपालबाट आएर यहाँ बस्ने नेपालीको नेतृत्व गर्ने ‘अठोट’ लिएर अघि बढेका छन् । बाग्लुङमा जन्मे हुर्केका सापकोटा आसन्न एनआरएनए क्यानडाको अध्यक्षको उम्मेद्वार हुन् । ब्राम्टन सिटी र आसपासलाई आफ्नो ‘जक्सन’ बनाएका सापकोटा क्यानडामा रेष्टुरेन्ट ब्यबसायी, रियल स्टेट सेल्सपर्सन, इन्भेष्टर र फाइ...

“युवामैत्री र पारदर्शी नेतृत्व मेरो प्रतिबद्धता”- रमेश भट्टराई, महासचिव (उम्मेदवार) एनआरएनए क्यानडा

“युवामैत्री र पारदर्शी नेतृत्व मेरो प्रतिबद्धता”- रमेश भट्टराई, महासचिव (उम्मेदवार) एनआरएनए क्यानडा
टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘कनेक्ट एण्ड मोर्टन एनआरएनए’ अभियानमार्फत नयाँ पुस्ता, पारदर्शिता र डिजिटल युगसँग समन्वय गर्ने खालको एजेन्डा अघि सार्दै उम्मेदवारी दिनु भएको हो । नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका भट्टराई हाल ब्राम्पटन, टोरन्टो...

“युवाको भविष्य, समाजको सेवा र खेलकुदको माध्यमबाट नेपालीबीच एकता निर्माण”- सुशान्त राउत, केन्द्रीय उपाध्यक्ष (उम्मेदवार) एनआरएनए क्यानडा

“युवाको भविष्य, समाजको सेवा र खेलकुदको माध्यमबाट नेपालीबीच एकता निर्माण”- सुशान्त राउत, केन्द्रीय उपाध्यक्ष (उम्मेदवार) एनआरएनए क्यानडा
सुशान्त राउत केन्द्रीय उपाध्यक्ष (उम्मेदवार) एनआरएनए क्यानडा मेरो उम्मेदवारी किन ? टोरण्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि म ब्राम्पटन निवासी युवा समाजसेवी सुशान्त रावतले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । नेपाल बसाईको लामो समय नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई समाजसेवामा जोडिएको थिँए । सन २०१८ मा क्यानडामा आएपछि पनि आफ्नो कामको अतिरिक्त निरन्तर समाजसेवा उत्तिकै सक्रिय रहदै आएको छु । मैले मेरो आफ्नो केन्द्रीय...

एनआरएनएले भन्यो: मे ३-५ काठमाडौंमा हुने भनिएको महाधिवेशनमा हाम्रो संलग्नता छैन

एनआरएनएले भन्यो: मे ३-५ काठमाडौंमा हुने भनिएको महाधिवेशनमा हाम्रो संलग्नता छैन
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए)ले मे ३ देखि ५ सम्म हुने भनेको एकता महाधिवेशनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। एनआरएनएले शुक्रबार जुममार्फत गरेको पत्रकार सम्मेलनपछि प्रवक्ता फणिन्द्र पन्तले प्रेस विज्ञप्ति जारी गर्दै ‘एकता महाधिवेशन’ को नाममा मे ३–५ मा काठमाडौंमा आयोजना गर्न लागेको भनिएको गतिविधिहरूमा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको संलग्नता नरहेको जानकारी गराएका छन्। शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले शनिबारदेखि सोमबारसम्म एकताको...

एनआरएनए संस्थापक थापाले भने : मे महिनामा संस्थाको विधान मिचेर आयोजना गर्न लागिएको अधिवेशनमा मेरो सहमति छैन

एनआरएनए संस्थापक थापाले भने : मे महिनामा संस्थाको विधान मिचेर आयोजना गर्न लागिएको अधिवेशनमा मेरो सहमति छैन
काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य रामप्रताप थापाले मे महिनामा प्रस्तावित 'एकता महाधिवेशन'मा सहभागी नहुने स्पष्ट घोषणा गरेका छन् । शनिबार जारी गरिएको विज्ञप्तिमा थापाले व्यक्तिगत आग्रह, पूर्वाग्रह वा रणनीतिक लाभका लागि संस्थाको विधान मिचेर आयोजना गरिने कुनै पनि अधिवेशन वा भेलामा आफ्नो सहमति नहुने बताएका छन्। उनले नेपालको समृद्धिको दूरदृष्टि लिएर स्थापित भएको एनआरएनएले आफ्नो २२ औं वार्षिकोत्सव मनाउन लागेको यो महत्वपूर्ण मोडमा संस्थाभित्र उत्पन्न अस...

‘एनआरएनए अभियान गिजोल्दै शेष घले’- एनआरएनए फेरि विभाजनको संघारमा, परराष्ट्र मन्त्री देउवालाई विवादमा तान्ने प्रयास

‘एनआरएनए अभियान गिजोल्दै शेष घले’- एनआरएनए फेरि विभाजनको संघारमा, परराष्ट्र मन्त्री देउवालाई विवादमा तान्ने प्रयास
लण्डन ।  सर्वोच्च अदालतले दिएको दुईवटा फैसलाको विषयमा एकमत नहुँदा गैरआवासीय नेपाली संघ पुनः विभाजनको संघारमा पुगेको छ। सर्वोच्च अदालतको गत साउन महिनाको फैसलाले वर्तमान अध्यक्ष डा. बद्री केसीलाई पूर्ण कार्यकाल काम गर्न बाटो खोलिदिए पनि संघका पूर्व अध्यक्ष शेष घले समूहले गत चैत्र महिनामा भएको पुरानो फैसलालाई आधार बनाएर मे महिनामा अधिवेशन गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ फेरि विभाजनको संघारमा पुगेको हो। यसअघि घलेकै नेतृत्वमा काठमाडौँमा आयोजित एक भेलाले सोनाम लामाको ...

एनआरएनएको १२औं महाधिवेशन अक्टोबरमा हुने: शेष घले समूहको हल्ला र भ्रममा नपर्न एनसिसीहरुलाई निर्देशन

एनआरएनएको १२औं महाधिवेशन अक्टोबरमा हुने: शेष घले समूहको हल्ला र भ्रममा नपर्न एनसिसीहरुलाई निर्देशन
टोरण्टो । गैरआवासीय नेपाली संघ (एनआएनए)को महाधिवेशन अक्टोबरमा हुने भएको छ। एनआरएनएका महासचिव गौरी राज जोशीले अक्टोबर ११ देखि १४ सम्म महाधिवेशनको निर्णय भएकाले सदस्यता खुला गरिएको जानकारी गराएका छन्। सदस्यता खुल्ला भइसकेका एनसिसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसिसीहरुमा तत्काल सुरु गर्न महासचिव जोशीले निर्देशन दिएका छन् । जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय/पदाधिकारी बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसिसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरीस...

गैरआवासीय नेपाली नागरिकता बहस: ‘१० बर्षे भिषा फ्रि’ संविधानको मर्म विपरीत भएको टिप्पणी

गैरआवासीय नेपाली नागरिकता बहस: ‘१० बर्षे भिषा फ्रि’ संविधानको मर्म विपरीत भएको टिप्पणी
काठमाडौं । गैरआवासीय नेपाली संघले हालै प्रकाशित ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ʼका केही प्रावधानहरूप्रति ध्यानाकर्षण गराएको छ । संघले संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकारलाई स्पष्टता र पूर्णता दिने अपेक्षा गरेको भए पनि अध्यादेशमा गैरआवासीय नेपाली नागरिकलाई प्रवेशाज्ञा आवश्यक पर्ने व्यवस्था ल्याइएका कारण निराशा व्यक्त गरेको छ । तर, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिव...

नेपाली विद्यार्थी तथा युवा गायक युनेस गिरीको क्यानडामा सडक दुर्घटनामा मृत्यु, एनआरएनए क्यानडाले संचालन गरेको ‘गोफण्डमी’ मा आर्थिक सहयोग गरिदिन अनुरोध

नेपाली विद्यार्थी तथा युवा गायक युनेस गिरीको क्यानडामा सडक दुर्घटनामा मृत्यु, एनआरएनए क्यानडाले संचालन गरेको ‘गोफण्डमी’ मा आर्थिक सहयोग गरिदिन अनुरोध
शिशिर सिंखडा, टोरण्टो । विद्यार्थी तथा युवा गायक युनेस गिरिको सडक दुर्घटनामा परि मृत्यु भएको छ । खोटाङ घरभएका गिरिको क्यानडामा सडक दुर्घटनामा परि निधन भएको हो । क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे गिरिको क्युबेक सिटीमा मृत्यु भएको हो। क्यानडाको ब्राम्पटन सिटिमा बस्ने गिरि साथीहरु संग घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले उनलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकोमा घटनास्थलमै उनको मृत्यु भएको क्यानडामा कार्यरत कानु...